डाँडाखर्क–सुकेपोखरी पर्यटन सडक सञ्चालन, स्थानीय हर्षित

Image

सोलुखुम्बु – जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–४ डाँडाखर्क– सुकेपोखरी पर्यटन सडकको उद्घाटन गरिएको छ। शनिवार एक कार्यक्रमका बीच प्रदेश सदस्य गोम्बु शेर्पा कर्ज्याङ र गाउँपालिका अध्यक्ष असिम राईले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
 
कार्यक्रम कार्यक्रममा अध्यक्ष राईले यस क्षेत्रलाई पर्यटकीय हिसाबले विकास गर्नको लागि आवश्यक डीपीआर निर्माणको चरणमा रहेकाले आगामी दिनमा थप पूर्वाधार निर्माण गरिने बताए । स्थानीयको माग र त्यहाको आवश्यकतालाई ध्यानमा राखेर बजेट व्यवस्था गरेको भन्दै अध्यक्ष राईले खानेपानी लगायतको सहजताको लागि काम गर्ने प्रतिवद्धता व्यक्त  गरे ।

सडक निर्माण भएपछि यस क्षेत्रको स्थानीय नागरिक र पर्यटकका लागि आवतजावतमा सहजता भएको भन्दै स्थानीयबासीले धन्यवाद दिएका छन्। उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सबिता राई पालिका प्रवक्ता  भोजराज कार्की, वडा नम्बर ४ का कार्यबाहक अध्यक्ष विकास भारती लगायतको उपस्थिति थियो ।

 

Tags: