ठेकेदारले अलपत्र पारेको पुल नगरप्रमुख भामको सक्रियतामा बन्न थाल्यो

Image

मुगु - सडक डिभिजन कार्यालय जुम्लाले सदरमुकाम गमगढी देखि नाकच्यालाग्ना सडक खण्डअन्तर्गत गमगाढ खोलाको अल्कासाँघुमा निर्माण गर्न लागेको पक्की पुलको निर्माण अलपत्र परेपछि छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले निर्माणको अग्रसरता लिएका छन् । साँघुको भरमा खोला तर्न बाध्य मुगमकार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाका स्थानीयलाई समस्याबाट बाहिर ल्याउन नगर प्रमुख भामले अग्रसरता लिएका हुन् । उनले निर्माणको जिम्मा पाएको फर्मलाई बोलाएर निर्माण कार्य अगाडि बढाएकाछन्।

छायाँनाथ रारा नगरपालिका–१ मा पर्ने गमगाढ नदीमा पक्की पुलको निर्माण गर्न सडक डिभिजन कार्यालय जुम्लाले २०७८ फागुन ९ गते हिमसागरमाथा कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले लापरबाही गरी सम्झौता भएको झन्डै तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य अगाडि बढाएको थिएन । ‘सवारीसाधन र स्थानीयलाई आउजाउ गर्नमा सास्ती भएपछि निर्माण कम्पनीले झ्यारी खोलामा खासै सास्ती नभएकाले उक्त खोलामा निर्माण गर्ने भनिएका गैर स्थानी सामग्री आउँदै भन्ने जानकारी पाएपछि मेरो नेतृत्वमा उक्त सामग्री बोकेको गाडी र सम्बन्धित निर्माण कम्पनीका कर्मचारीसहित गमगाढ खोलाको साइटमा ल्याएर काम अगाडि बढाएका छौं, ’ मेयर भामले भने, ‘तत्काल निर्माण कार्य अगाडी बढाउनलाई उक्त निर्माण सामग्री र कर्मचारीसहितको टोलीलाई निर्माण स्थलमा ल्याएका हौं ।’

नगर प्रमुख भामले गमगाढ खोलामा पुल निर्माण गर्ने क्रममा केही जमीन स्थानीय जग्गाधनीको नाममा पर्ने भएकाले उक्त जग्गाधनीलाई पुलको निर्माण कार्यमा बाधाआड्चन नल्याउने शर्तमा जग्गाधनी धनबहादुर मल्ल र तुलबहादुर मल्ललाई १५ लाख रुपैयाँ जिल्ला मालमोत कार्यालयको  दररेट अनुसार जग्गाधनीलाई भुक्तानी दिने सम्झौता गरिएको बताए ।

गमगाढ खोलामा लामो समयदेखि अलपत्र परेको पुलले निर्माण कार्यमा अगाडि बढेको स्थानीय सुरेन्द्र मल्लले बताए । ३२ करोड ६८ लाख ९२ हजार रुपैयाँमा सम्झौता भएको कार्यालयका सूचना अधिकारी चित्रबहादुर चौलागाईले जानकारी दिए। निर्माण कम्पनीले गमगाढखोला लगायत कालीकाखेतु, वाँजागाड, विष्टवाडा, रोकायावाडा, गोठीजिउला, पिना, झ्यारीखोला, लुम्स त्यसैगरी काठेखोलासम्म नाग्म गमगढी लोगमार्गको नदी र खोला खण्डमा पर्ने उक्त १० वटा पक्की पुलको निर्माणको जिम्मा पाएको चौलागाईले बताए ।

सडक डिभिजन जुम्लाका साइड इन्जिनियर वीरबहादुर जीटीका अनुसार उक्त गमगाढ खोलाको अल्कासाँघुमा एकतर्फी यबुट्मेन्टको निर्माण कार्य सम्पन्न भएको छ। अर्को तर्फ फाउण् डेसन निर्माण हुँदै गरेको उनले बताए । ।

 

Tags: