चैत १ देखि ४ सम्म फ्लोरा एक्स्पो

Image

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले २५ औं फ्लोरा एक्स्पो गर्ने भएको छ ।

‘स्वच्छ वातावरण तथा आर्थिक संमृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नारासहित हुन लागेको एक्स्पो बारे एशोसिएशनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरर्दै चैत १ गते ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा २५औं फ्लोरा एक्स्पो हुने जानकारी दिएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक सीताराम पन्तले पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नविनतम प्रविधीबारे प्रचारप्रसार गर्न सघाउ पुर्याउने मुख्य उद्देश्य रहेको बताए ।

उनले पुष्प व्यवसाय गर्न चाहने नवउद्यमी,अध्ययन अध्यापनका साथै अनुसन्धान गर्नेहरुलाई मेला वृहत साझा मञ्च हुने विश्वास लिएको बताए । मेलामा ६० स्टल,ल्याण्डस्केपिङ स्टल ३ अफिसियल स्टल ८, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ र १ वटा फूड स्टलसहित ७३ वटा स्टल रहने बताए । मेलाको अवधिभर ५० हजार मानिसहरुले अवलोकन गर्ने अपेक्षा राखेको जानकारी दिए । एक्स्पोका १ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकको छ ।

यस्तो छ नेपालमा पुष्प कारोबारको अवस्था

आर्थिक वर्ष २०७९/८० मा नेपालमा ३ अर्ब ७ करोड भन्दा बढी कारोबार भएको थियो । त्यस्तै,आर्थिक वर्ष २०७८/७९को तुलनामा आर्थिक वर्ष २०७९/८० मा करिव ३३.६३ प्रतिशत वार्षिक कारोबारमा वृद्धि भएको एशोसिएशनले बताएको छ । आर्थिक वर्ष २०७९/८० मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात ६८.१८ लाख र आयात ३३.०६४ करोड बराबरको कारोबार भएको बताएको छ ।

Tags: