ख्याल गर्नुस्, शनिवारसम्मै झरी, चट्याङ देखि हिमपातसम्म

Image

काठमाडौं –  पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण मौसममा सुधार आएको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

बिहीवार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राथि देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू(भागमा आंशिक बदली रहने छ ।कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  महाशाखाको पूर्वानुमान छ ।

शुक्रवार राति  देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिवार राति  देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।  सुदूरपश्चिम कर्णाली प्रदेशका केही स्थानहरु र बांकी  पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरु र बांकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Tags: