काठमाडौं हेर्दै परिकारमा रमाउन ‘सिप एण्ड स्किप लङ एण्ड बार’

Image

काठमाडौं – काठमाडौंको पुतलीसडकमा रहेको ‘सिप एण्ड स्किप लङ एण्ड बार’ रेस्टुरेन्ट शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदै छ । पुतलीसडक, लालुपाते मार्गस्थित केआईईसी विल्डिङको पाँचौं तलामा रेस्टुरेन्ट सञ्चालनमा आएको हो ।

रेष्टुरेन्टका सञ्चालक राजेन्द्र रिजालले काठमाडौंको रमणीय दृष्यको दृष्यावलोकन गर्दै रेष्टुरेन्टका सुविधा लिन सकिने बताए । दृष्यावलोकन सहित शान्त वातावरण रहेको कारण पनि सिप एण्ड स्किपबाट ग्राहकले फरक अनुभुती गर्ने उनको भनाइ छ ।

त्यसो त रेष्टुरेन्टको डेकोरेसन समेत आकर्षक छ । विदेशबाट आयात गरिएका काठका मुडामा बसेर परिकारको स्वाद लिँदै कामको थकान र महत्वपूर्ण भेटघाट तथा छलफल समेत गर्न सकिने सञ्चालक रिजालको भनाइ छ । रेष्टुरेन्टले होम डेलिभरीको समेत सुविधा दिने बताइएको छ । औपचारिक उद्घाटनको कार्यक्रम शुक्रवार विहान १० बजेदेखि राति १० बजेसम्मका लागि तय गरिएको छ ।

https://www.instagram.com/reel/C4c93SDv2hK/?utm_source=ig_web_copy_link&igsh=MzRlODBiNWFlZA==

 

Tags: