एनएमबि बैंकद्वारा लैङ्गिक समता तथा सामाजिक समावेशीकरण योजना सार्वजनिक

Image

काठमाडौं । एनएमबि बैंकले लैङ्गिक समता तथा सामाजिक समावेशीकरण योजना सार्वजनिक गरेको छ ।

समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन, गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण योजना सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नीतिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोेत्सान गरेको छ ।
सो योजनाले समग्र बैंकिङ प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक र समुदायका विभिन्न आवश्यकता पूरा गर्र्दै पहुँचयोग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुु¥याउने विषयमा बैंक विश्वस्त रहेको छ ।


लैङ्गिक समता र सामाजिक समावेशीकरण योजना कार्यान्वयन गर्दै, महाराजगन्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्ज स्थित शाखाहरूमा फरक ढङले सक्षम ग्राहकलाई व्हिलचेर ¥याम्प स्थापना गरेको छ । महिला नेतृत्व विकास गर्न देशभरी महिला नेतृत्व कार्यक्रम समेत सुरुवात गरिसकेको छ । महिला उद्यमीलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ । बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ ।

बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरु चल्तिमा ल्याईसकेको छ । हाल देशभरी २०१ शाखाहरु, १८३ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

 

Tags: