उपनिर्वाचनमा माओवादीले एमालेलाई नसघाउने

Image

काठमाडौं – आसन्न उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाई नसघाउने भएको छ । उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने तयारी गरेको हो । माओवादीले इलाम २ र बझाङको  १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । दुवै क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो । उम्मेदवारको भने अहिलेसम्म टुंगो लागेको छैन ।  इलाम– २ मा हुने उपनिर्वाचनका लागि  धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम जिल्लाबाट सिफारिस भएर आएको बताइएको छ । बझाङको लागि भने अहिलेसम्म उम्मेदवार सिफारिस भएको छैन ।

एमालेले इलाम–२ मा नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङ र बझाङ का लागि जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरेको छ । दलका नेताले सहकार्य गर्ने भने पनि निर्वाचनमा सहकार्य नदेखिने भएको हो ।

 

Tags: