इकमर्श प्लेटफर्म ‘डिजिटल साहुजी’ सार्वजनिक

Image

काठमाडौं – इकमर्श प्लेटफर्म ‘डिजिटल साहुजी’ सार्वजनिक भएको छ । विद्यार्थीलाई लक्षित गर्दै  सिक्दै कमाउने अवधारणमा प्लेटफर्म सार्वजनिक गरिएको आयोजकको भनाइ छ । कम्पनीले सिक्न रुचि भएका विद्यार्थीलाई प्राविधिक र व्यावसायिक तालिम प्रदान गरी सिक्दै कमाउन सकिने जानकारी दिएको छ । यसको उद्घाटन अभिनेत्री दीपाश्री निराैलाले गरेकी हुन् ।

डिजिटल साहुजी नेपालमा विगत १७ वर्षदेखि आईटी प्रडक्ट डेलिभरी गर्दै आएकोे स्काई टेक प्राइभेट लिमिटेडको भगिनी कम्पनी रहेको बताइएको छ । ‘मेक इन नेपाल’ इनिसिएटिभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगलाई सबलीकरणमा योगदान गर्न यसको सुरुआत गरिएको कम्पनीको भनाइ छ ।

कम्पनी १५ करोडमा सञ्चालनमा ल्याइएको र पहिलो वर्ष ५० करोडको कारोबार गर्ने लक्ष्य राखिएको कम्पनीका सीईओ राजन न्यौपानेले जानकारी दिए । डिजिटल साहुजीले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी, व्यावसायिक ज्ञान र सीप सिकेर आफै व्यवसाय गर्न इच्छुक विद्यार्थी तथा विभिन्न किसिमका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको सीईओ न्यौपानेले जानकारी दिए ।

व्यवसाय गरिरहेकालाई उनीहरूको व्यवसाय डिजिटलाइजेसन गर्न र सहजै धेरै ग्राहकसम्म पुग्न मद्दत गर्ने, पसल तथा व्यवसायको चुस्त व्यवस्थापन गर्ने बताइएको छ । यसबाहेक उनीहरुको व्यवसायलाई सम्भावित जोखिमबाट सुरक्षित राख्ने र कम्पनीको समर्पित टिमबाट आवश्यक पर्दा तत्काल सहयोग गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले विद्यार्थी योजना ल्याएको र त्यसमा उनीहरुलाई प्राविधिक र व्यावसायिक तालिम प्रदान गरिने कम्पनीको भनाइ छ । कम्पनीले यस योजनामार्फत व्यावसायिक रुचि र सोच भएका विद्यार्थीलाई आफ्नो आधारभूत प्राविधिक र व्यावसायिक दक्षतायुक्त ज्ञान, सीप र तालिम प्रदान गर्ने बताइएको छ ।

यसबाहेक कम्पनीले सही र आधिकारिक आईटी प्रडक्ट्समा आफ्नो घरको ढोकामै डेलिभरीको सुविधा पाउनेछन्। कम्पनीले व्यापक ग्राहकमाझ पुग्ने प्रतिवद्धतासहित अनलाइन शपिङ गर्ने र पसलमै गएर किन्न चाहने दुवैखाले ग्राहकलाई सेवा दिने जनाएको छ।

 

Tags: