अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा रेशमचन्द्र भण्डारी

Image

बुटवल – अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा रेशमचन्द्र भण्डारी सर्वसहमत निर्वाचित भएका छन् । समाजको चौथो अधिबेशनबाट भण्डारी सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन ।

शनिबार रुपन्देहीको तिलोत्तमामा भएको अधिबेशनबाट प्रथम उपाध्यक्षमा मनोज गौतम चयन भएका छन् । त्यस्तै द्धितिय उपाध्यक्षमा ओमप्रसाद अर्याल, सचिवमा रामचन्द्र अर्याल (आरसी), सह–सचिवमा सिर्जना अर्याल, कोषाध्यक्षमा चन्द्रबहादुर पराजुली र सह–कोषाध्यक्षमा भगवती पराजुली चयन भएका छन् ।

अधिबेशन अघि भएको उद्घाटन सत्रको एक कार्यक्रमका बीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले अर्जैबाट स्थायी तथा अस्थायी बसोबास गर्नेहरु बीच भाईचारा र एकता कायम गर्न समाजले भुमिका खेल्नुपर्ने बताए । साथै उनले समाज परिवर्तनका लागि समाजले विभिन्न रचनात्मक काम गर्न सुझाव समेत दिए । अधिबेशन समाजका अध्यक्ष यमबहादुर अर्यालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा रामचन्द्र अर्याल ९आरसी०ले आर्थिक प्रतिबेदन उद्घाटन सत्रमा प्रस्तुत गरेका थिए । उद्घटान सत्रमा स्वागत ओमप्रसाद अर्यालले गरेका थिए भने कार्यक्रमको सञ्चालन मनोज गौतमले गरेका थिए ।समाजका नवनिर्वाचित अध्यक्ष भण्डारीले समाजलाई अझ बढि गतिशिल बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।उनले सामाजिक कार्यलाई समेत प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

साथै उनले समाजलाई अझ बढि बलियो बनाउन सवैलाई समेट्ने गरी अगाडि बढ्ने बताए । कार्यक्रममा अग्रज समाजसेवी तुल्सीराम अर्यालको उपस्थिती रहेको थियो ।

 

Tags: