अपांगता अधिकारको कार्यान्वयनमा सांसद स्वर्णिम वाग्लेको माग

Image

काठमाडौं – सांसद स्वर्णिम वाग्ले अपांगता अधिकारको क्षेत्रमा बनेका कानूनको कार्यान्वयनको माग गरेका छन् । आइतवार प्रतिनिधिसभाको शुन्य समयमा बेल्दै उनले पूर्ण अशक्त तथा अति अशक्त, अपांगता भएका व्यक्तिहरुको बारे बारम्बार ध्यानाकषर्ण हुने गरेको भएपनि कार्यान्वयन नभएको बताएका हुन् ।

‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली २०७७, परिच्छे ३, नियम ९ मा यस श्रेणीका व्यक्तिलाई सामुदायिक सहायता सेवा निशुल्क उपलब्ध गराउने जसअन्तर्गत व्यक्तिगत सहयोगी सेवा र हेरचाह सेवा स्थानीय तहले उपलब्ध गराउनुपर्ने उल्लेख छ, ’ उनले भने, ‘तर त्यसको कार्यान्वयन हुन सकेको छैन । यस्ता माग पूरा गर्न धर्ना आन्दोलन नै गर्नुपर्ने बाध्यताको अन्त्य होस् ।’

 

Tags: