मंगलदीप चम्पा अगरबत्तीको जिपलक प्याक

Image
काठमाडौं (अस) । सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटी सहितको जिपलक प्याकमा बजारमा सार्वजनिक गरेको छ । यस जिपलक प्याकमा १६५ ओटा सुगन्धित र गुणस्तरीय काँटीहरू रहेको बताइएको छ । जसको मूल्य रु. १०० प्रति प्याक कायम गरिएको छ । जिपलकमा उपलब्ध भएकाले मंगलदीप चम्पाको यो प्याकका काँटीको सुगन्ध बढी समयसम्म कायम रहने कम्पनीको दाबी छ । हरेक प्रयोगपछि जिपलक बन्दगरी सुरक्षित तरीकाले राख्दा सहज भण्डारणको साथै गुणस्तरीयतामा कुनै ह्रास नआउने कम्पनीले जानकारी दिएको छ । मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, चन्दन, ल्यावेंडर, ज्यासमिन, त्रिसारा, त्रेया तथा पुष्पाञ्जली लगायत विभिन्न ब्राण्ड बजारमा छन् ।
Tags: