काठमाडौं: आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ मा पार्टीगत र स्वतन्त्र उम्मेदवार गरि कुल ३१ जनाले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।

मुख्य प्रतिस्पर्धीको रुपमा प्रकाशमान सिंह, रबिन्द्र मिश्र, बाल कृष्ण न्यौपाने, किरण पौडेल, रमेश प्रसाद खरेल,प्रकाश नायजु, पुकार बम हुन् तर स्वतन्त्र उम्मेदवारको तरङ्ग र नयाँ उम्मेदवारहरुको उदय संगै चुनावले कुन दिशा लिन्छ भनेर यसै भन्न सकिदैन ।

२०५१ देखि काठमाडौं १ मा निरन्तर चुनाव लड्दै आएका नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पुनः उम्मेदवारी दिएका छन् । २०५१, ०६४, ०७० र ०७४ मा उनी सांसद् निर्वाचित भइसकेका छन् । चार दशकदेखि राजनीतिमा पटक-पटक मन्त्री भएका नेता हुन् । तर अहिले भने उनलाई चुनाव जित्न ठुलो संघर्ष गर्नु पर्ने देखिन्छ। सिंहले लामो समय देखि राजनीतिमा र सत्तामा रहदाँ पनि यस क्षेत्रको लागि खासै उल्लेखनिय काम गर्न नसकेको स्थानिया जन गुनासो रहेको छ। “सधै गणेशमानको छोरा हुन् भनेर कसरि भोट गर्नु पटक पटक चुनाब जितेर जादाँ पनि यस क्षेत्रको लागि उहाँले सोच्नु भएन चुनावको बेला मात्र देखिनु हुन्छ अरु समय कहाँ हुनुहुन्छ हामीहरूलाई थाहा हुदैन ” एक स्थानीय ले भने, परीक्षण हुन बाँकी नयाँ उम्मेदवार सिंहका लागि ठुलो चुनौती हो । त्यसैको परिणाम हुन सक्छ ‘निरन्तर राजनीति र सत्तामा रहनु हुदैन’ भन्ने बाबुराम भट्टराईलाईनै भोट माग्न साथ लिएर हिडेका छन्। साथै सामाजिक संजालमा सिंह बिरुद्ध चलेको ले पनि नकरात्मक प्रभाव पारेको देखिन्छ।

२०७४ को चुनावमा सिंहका निकटतम् प्रतिस्पर्धी रवीन्द्र मिश्र पनि दोस्रो पटक यही क्षेत्रमा चुनाव लड्दैछन् । विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्रले उक्त निर्वाचनमा १० हजार १ सय १८ मत (३६.५५ प्रतिशत) ल्याएका थिए । अहिले मिश्र राप्रपाबाट चुनावी मैदानमा छन् । मिश्र वैकल्पिक राजनीति गर्ने भन्दै पत्रकारिता पेसा छाडेर राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । उनी केही साताअघि मात्रै विवेकशील साझाको आन्तरिक कलह मिलाउन नसकेर पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् । पार्टी नै लाथालिंग पारेर राप्रपा प्रवेश गरेका मिश्रलाई विवेकशील साझा पार्टी भित्रैबाट असंतुष्ट पक्षले नकरात्मक भूमिका निभाउन सक्ने आशंका देखिन्छ। किन भने, उनि माथि विवेकशील पार्टीको अस्तित्व नै मेटाउन लागि परेको, त्यसैको परिणाम स्वरुप मिलन पाण्डे समूहलाई पार्टी बाट निष्काशन गरेको आरोप छ।

भ्रष्टाचार बिरोधि अभियान, महाकाली सन्धि, टनकपुर सम्झौता, नागरिकता विधेयक जस्ता महत्वपूर्ण विषयमा रिट हालेर चर्चा कमाउन सफल नेपालका लागि नेपाली पार्टीका अध्यक्ष बाल कृष्ण न्यौपाने लाई पनि प्रकाशमान सिंहका मुख्य प्रतिस्पर्धीको रूपमा लिन सकिन्छ । भ्रष्टाचारको अन्त्य, राज सस्थांको स्थापाना, हिन्दु राज्य उनका मुख्य नारा रहेका छन् । बालुवाटार काण्ड, क्यान्टोनमेन्ट घोटाला जस्ता कार्य गर्ने सम्पुर्ण भ्रष्टाचारी नेताहरुलाई जेल हाल्नु पर्दछ भन्ने उनको मान्यता रहेको छ। कानुन क्षेत्रमा वरिष्ठ अधिवक्ताको लामो अनुभव बटुलेका निडर वक्ता न्यौपाने काठमाडौँ १ कै स्थानीय बासिन्दा भएका कारणले यस क्षेत्रमा उनको राम्रो पकड रहेको र जित सुनिश्चि रहेको उनि बताउँदछन्। यस क्षेत्र भन्दा बाहिर बसोबास गर्ने अनि चुनावको लागि मात्र भोट माग्न आउने टुरिस्ट उम्मेदवारहरुले यहाँका जनताको भावाना बुझ्न नसक्ने उनको भनाइ रहेको छ। प्रकाशमान सिंह काठमाडौँ ७ का बासिन्दा हुन भने खरेल काठमाडौँ ३ र रबिन्द्र मिश्र ललितपुर ३ का बासिन्दा हुन, यस्तै पुकार बम पनि सुदुर पश्चिमको बासिन्दा हुन र अन्य उम्मेदवारहरु पनि काठमाडौँ १ भन्दा बाहिरका रहेका छन्।

यस्तै वैकल्पिक राजनीतिबाट उदाएका युवा नेता पुकार बम पनि यस क्षेत्रबाटै प्रतिस्पर्धा गर्दैछन् । उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार बनेका हुन् । पछिल्लो समय सामाजिक अभियन्ता हुँ भन्दै सामाजिक संजालमा अनुयायी बटुल्ने र चुनावमा आउने प्रचलन पढ्दै गइरहेको छ। विचार, सिद्धान्त र कुनै एजेन्डा बिना नै सामाजिक अनुयायीको भरमा चुनावमा होमिदा वास्तविक भोटरको साथ नमिल्न सक्दछ। त्यसमाथि उनि सुदुर पश्चिमको बासिन्दा भएकाले के उनले काठमाडौँ -१ का जनताको भावना बुझन सक्लान त ? प्रश्न उठेको छ ।

रमेश प्रसाद खरेल पनि प्रहरी महानिरीक्षक पदको स्पर्धामा सर्वेन्द्र खनालले उछिने पछि संगठन छाडेका खरेल त्यसपछि सत्तासँग स्थायी असन्तुष्टको रूपमा सक्रिय छन् । त्यही क्रममा प्रतिसोधपूर्ण भावानाका कारण उनले पार्टी गठन गरेका हुन् । २० लाख भ्रष्टाचार गरेको स्वीकारोक्ति पूर्ण अभिव्यक्तिको भिडियो सामाजिक संजालमा भाइरल भएको कारणले गर्दा चुनावमा यसको प्रभाव पर्ने देखिन्छ।

स्थानीय र संघीय चुनावमा मतदाताको मनोविज्ञान फरक हुने र काठमाडौंमा स्वतन्त्र उम्मेदवारप्रति पनि आकर्षण बढेकोले चुनावी मत यस्तै हुन्छ भन्न सकिने अवस्था भने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय