तनहुँ बालाजु सम्पर्क समाजको आयोजना र भानु नगरपालिकाको समन्वयमा स्वास्थ्य शिविर

काठमाडौं । तनहुँ बालाजु सम्पर्क समाजको आयोजना तथा भानु नगरपालिकाको समन्वयमा भानु सामुदायिक स्वास्थ्य केन्द्र, नारेश्वरटारमा यही माघ १७ र १८ गते दुईदिने वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ।
यस स्वास्थ्य शिविरमा हाडजोर्नी, आँखा, महिला रोग, मृगौला, दाँत तथा बालरोग सम्बन्धी सेवा प्रदान गरिएको थियो। शिविरमा करिब ५०० जना बिरामीहरूले विशेषज्ञ सेवा लिएका थिए। स्वास्थ्य शिविरलाई सफल बनाउन लायन्स क्लब इन्टरनेशनल डिष्टिक्ट ३२५ आई, जोन २६ अन्तर्गत रहेका लायन्स क्लब अफ काठमाडौं बिस्नुमति, सिद्धार्थ एभरग्रीन, इनोभेसन, गौरिशंकर लगायत अन्य क्लबहरूको महत्वपूर्ण सहयोग रहेको थियो। लायन्स क्लब अफ काठमाडौं बिस्नुमति का अध्यक्ष डा. रोमन बोगटी स्वयं शिविरमा खटिएका थिए।
स्वास्थ्य शिविरबारे बोल्दै लायन्स क्लब अफ काठमाडौं विष्णुमतीका अध्यक्ष डा. रोमन बोगटी ले समाजसेवाको अभिप्रायले आयोजित यस स्वास्थ्य शिविरले स्थानीय बासिन्दाहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए । लायन्स क्लबले सधैं यस्ता सामाजिक कार्यलाई प्राथमिकता दिँदै आएको छ र आगामी दिनमा पनि स्वास्थ्य सेवासम्बन्धी कार्यक्रमहरू निरन्तर गर्दै जाने उनको भनाइ छ ।
शिविरमा लायन्स क्लब इन्टरनेशनल ३२५ आईका जोन २६ का जोन चेयरपर्सन इन्जिनियर गणेश बहादुर सुनाम, मृगौला बचाउ अभियानका अभियन्ताहरू, विभिन्न स्वास्थ्यकर्मी, चिकित्सक तथा समाजसेवीहरू को उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्थानीय जनसमुदायका लागि अत्यन्त उपयोगी साबित भएको यस स्वास्थ्य शिविरबाट धेरै नागरिक लाभान्वित भएका छन्। लायन्स क्लब इन्टरनेशनलले नेपालभर यस्ता सामाजिक कार्य गर्दै आएको छ, जसले समुदायलाई प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।