सम्झनामा हजुरआमा
बाबा उतै गाउँमा हुनुहुन्थ्यो, हामी काठमाडौं फर्किएको दुईदिनपछि मम्मीमार्फत थाहा पाएँ, ‘आमाले हामीलाई सधैंका लागि छाडेर जानुभयो।’ मैले आफूलाई सम्हाल्नै सकिन, मनमा कसैले छुरा रोपेको जस्तै भयो। ‘आमालाई अन्तिम पटक हेर्न घर जाऊँ,’ मैले मम्मीलाई आग्रह गरें । मम्मी र म रातारात अन्तिम पटक आमालाई हेर्न गाउँ फकिर्यौं ।
झट्ट कसैले मलाई तिमीले आमालाई माया गर्छौ कि बाबालाई ? भन्ने प्रश्नमा मेरो एउटै जवाफ हुन्थ्यो, ‘आमा (हजुरआमालाई)’
साँच्ची, अचम्मको थियो मेरो र हजुरआमाको सम्बन्ध। एक – हजुरआमा नाति, अर्कोतिर– बालक र पाका पुस्ताबीचको मित्रता, त्यसभन्दा ठूलो मेरो लागि एक अभिभावक। सबैले हजुरआमा भन्ने बित्तिकै आफूलाई स्याहार अनि खाना पकाएर खाना खुवाउने मायालु आमापछिको व्यक्ति भन्ने बुझ्नुहुन्छ वा सम्झनुहुन्छ होला तर मेरो हजुरआमा म बुझ्दादेखि नै बिरामी हुनुहुन्थ्यो, हामी एकअर्काबाट टाढा रहेर पनि निकट सम्बन्ध थियो।
आमा र मेरो एउटै रहरसँगै बस्ने थियो तर म पढाईका लागि काठमाडौंमा बाबाआमासँग बस्ने गर्दथें। मलाई आमासँग बस्ने रहर हुन्थ्यो तर आमालाई काठमाडौंको वातावरण र हावापानिसँग समस्या हुने गर्दथ्यो। मलाई असाध्यै नियास्रो लाग्ने गर्दथ्यो । बाटोमा भेटिने वृद्ध आमाहरू देख्दा मलाई त्यो गाला चाउरीपरेको अनुहार अनि लौरो टेकी सकि नसकी आफूलाई सम्हाल्न खोज्ने आमाको सार्है याद आउथ्यो। कहिले चाडवाड आउला र आमालाई भेट्न पाइएला भनी मनमनै सोच्ने गर्दथे। धेरैलाई दशैं भन्नेबित्तिकै चंगा उडाउने नयाँ कपडा लगाउने भन्ने हतार हुँदा मलाई भने कहिले विद्यालय विदा हुन्छ र आमालाई भेट्न जान पाइएला भन्ने मात्र हतार हुने गर्दथ्यो ।
म धेरैजसो मलाईभन्दा पनि पहिले आमालाई कस्तो कपडा सुहाउँछहोला भन्ने सोची कपडा किनी घर गई आमालाई भेट्न हतार हुने गर्दथ्यो। घरमा पुगेपछि मलाई गाऊँ घुम्न भन्दा पनि आमासँगको कुर्सी छेउमा बसेर आमाको हात समाउँदै आमाको त्यो चाउरीपरेको गाला मुसार्दै बस्नमा खुशी लाग्दथ्यो। मैले आमाका ति चाउरी परेका गाला सुम्सुम्याउँदै जिस्क्याउँथें र आमा पनि मसँग जिस्किइरहनुहुन्थ्यो ।
आमा र मेरो एक सपना थियो ‘आमाको चौरासी गर्ने र मेरो त्यही चौरासीमा व्रतबन्ध गर्ने’। हामीले सो कुरा हाम्रो परिवारलाई जानकारी गराएसँगै सो कार्य पुरागरिदिने सहमति बमोजिम सो कार्यक्रम हुने भयो। चौरासी पूजा र मेरो व्रतबन्धको तयारी हुँदैथियो। म सो कार्यक्रमका लागि घर जाँदा आमा मलाई ‘नातिकेटो कहिले आउँछ ?’ भनी कुरी बसेको देखें । आमा अरु समयभन्दा बढी बिरामी भइरहनुभएको कुरा मैले ठूलोबाबाबाट थाहा पाएँ, आमालाई देखेपछि लाग्यो, ‘आमा अरु समयभन्दा बढी गलेको र बिरामी हुनुहुन्छ ।’
त्यो सब देख्दा म आफ्नो मनलाई सम्हाल्न सकिरहेको थिइन। आमाको चौरासी र मेरो व्रतबन्धको कार्यक्रम चलिरहेको थियो। मेरो व्रतबन्धको कार्यक्रम चलिरहेकोले मैले तत्कालै आमाको नजिक जान मिलिरहेको थिएन। आमाले बेला बेला पिँढीको कुर्सीमा बसेर आँखा चिम्लिरहेको देखिरहेको थिएँ। त्यो सब देख्दा मैले मनमनै सोचेको थें, ‘आमाका ती लठ्ठिएका आँखा छिट्टै खुलुन्, आमासँगै रमाउने मेरो इच्छा पूरा होस् ।’
आमाले चौरासी पूजा सकिँदासम्म आफ्नो आँखा खोलिरहनुभएको थिएन। जब कार्यक्रम सकियो आमाले आँखा खोल्नुभयो, म नजिक गएँ। आमाले मेरो अनुहार हेर्नुभयो अनि पहिलेजस्तै आँखा बन्द गर्नुभयो। विडम्बना म अर्को दिन आमालाई छोडेर काठमाडांै फर्किएँ। मेरो मनले आमालाई छोडेर नजाउँ नभनेको होइन तर म विवश थिएँ। मेरो शरीर काठमाडौंमा भए पनि मेरो मन उहीँ गाउँमा आमासँगै थियो। आमालाई कस्तो भो होला ? आमा पहिलेजस्तै केही निको र सन्चो हुनुहुन्छ होला ? अनि आमालाई भेटेर छिट्टै अंगालो हाली आमा हाम्रो इच्छा पूरा भो है भनी ती चाउरिएका गालालाई मुसार्दै आमाको शान्त मनलाई फुरुङ्ग पारुला भन्ने सोचिरहेको थिएँ।
बाबा उतै गाउँमा हुनुहुन्थ्यो, हामी काठमाडौं फर्किएको दुईदिनपछि मम्मीमार्फत थाहा पाएँ, ‘आमाले हामीलाई सधैंका लागि छाडेर जानुभयो।’ मैले आफूलाई सम्हाल्नै सकिन, मनमा कसैले छुरा रोपेको जस्तै भयो। ‘आमालाई अन्तिम पटक हेर्न घर जाऊँ,’ मैले मम्मीलाई आग्रह गरें । मम्मी र म रातारात अन्तिम पटक आमालाई हेर्न गाउँ फकिैयौं ।
आमालाई हामीले भौतिक रूपमा गुमाएको पनि तीन वर्ष पूरा भएको छ । म अहिलेपनि आमासँग खेलेको हुर्केको त्यो गाउँमा जान निकै गाह्रोपर्छ । आमा विनाको गाउँ अपुरो लाग्छ। सायद मैले आमालाई बिर्सन सकेको छैन। अहिलेपनि कसैले हजुरआमाको कुरा गर्दा मैले आमालाई सम्झँन्छु।
म घर पुग्दा आमाको शरीर पूरै छोपेर तुलसीको मोठ नजिकै राखिएको देखें। मैले घरभरी भएका कसैलाई देखिन केबल आमालाई देखें अनि आमाको शरीर छुन पुगें। आमाको शरीर छोएँ र मनै देखि महसूस गरेँ आफ्नो सबैभन्दा प्रिय मान्छे गुमाउँदाको असामान्य परिस्थिति । आमाको अन्तिम संस्कारका लागि लैजाने तयारी भयो । हाम्रो संस्कारमा शव छोराले बोक्ने चलन छ तर म आमाको छोरा नभएपनि प्राण दिन सक्ने नाति थिएँ, मैले पनि त्यो आमाको शवलाई बोकी घाटसम्म आमाको शवसँगै बसेर गाडीमा बसेर घाटसम्म पुगें।
आमाको अन्तिम यात्रामा आमासँगै बिताएका पलहरू सम्झिरहेँ। मेरो हजुरबुवा म एक वर्षको हुँदा नै बित्नुभएको रहेछ। आमाले मसँग आफ्ना दुःख सुख बारेमा भेटहुँदा भन्ने गर्नुहुन्थ्यो। मसँग भएका जे जस्तो संस्कार ति संस्कारमा आमाको योगदान लुकेको छ। घाटमा पुगेपछि मेरा नयनका अगाडि आमालाई जलाइयो। जुन मेरो जीवनको सबैभन्दा दुःखत् क्षण थियो। तर प्रकृतिको नियमलाई रोक्नसक्ने मेरो साहस र हिम्मत थिएन, स्वीकार्नै थियो।
आमालाई हामीले भौतिक रूपमा गुमाएको पनि तीन वर्ष पूरा भएको छ । म अहिलेपनि आमासँग खेलेको हुर्केको त्यो गाउँमा जान निकै गाह्रोपर्छ । आमा विनाको गाउँ अपुरो लाग्छ। सायद मैले आमालाई बिर्सन सकेको छैन। अहिलेपनि कसैले हजुरआमाको कुरा गर्दा मैले आमालाई सम्झँन्छु। यदी प्रकृतिको नियम बदल्न सकिन्छ र चाहेबमोजिम पाइन्छ भने मैले मेरी हजुरआमालाई नै फर्काउँथे। अब त केबल हजुरसँगको सम्झनामात्र मसँग बाँकी छ, आमा। स्वर्गबाट आमाले हामीलाई आर्शिवाद दिइरहनुभएको छ होला । आमा जीवनभर ताजा याद बनेर मनमा रहनु भएको होस्, सम्झिइरहनेछु आमा ।।।