नेपाल टेलिकमको प्रवक्तामा ढकाल दोहोरिए
काठमाडौं–नेपाल टेलिकमले हरि ढकाललाई प्रवक्तामा निरन्तरता दिएको छ ।
प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकालले पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।
कार्यालय प्रयोजनका सूचना तथा आधिकारिक संस्थागत जानकारीका लागि ढकाललाई सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।