Spread the love
काठमाडाैं – संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक मंगलबार बस्दैछ।
प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। प्रतिनिधि सभा बैठकमा गत वैशाख १९ गते सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।
राष्ट्रिय सभा बैठक पनि आजै मध्याह्न बस्नेछ। मंगलबार मध्याह्न सवा १२ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले धारणा राख्नेछन्।