काठमाडौं- कौशिक गोत्रीय रेमी बन्धु समाजले यही बैशाख १२ गते शुक्रबार विशेष बैठकको आयोजना गर्ने भएको छ। काठमाडौंको थापागाउँस्थित समाजको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट सुरु हुने बैठकमा संस्थाको दर्ता नविकरणसम्बन्धी महत्वपूर्ण छलफल गरिने छ।
२०७९ मंसिर २८ गते सम्पन्न केन्द्रिय कार्य सञ्चालन समितिको दोस्रो वार्षिक साधारण सभाका निर्णयहरू, सल्लाहकार तथा बन्धुहरूको सुझावका आधारमा आयोजना गर्न लागिएको बैठकमा संस्था दर्ता प्रक्रिया अघि बढाउने विषयमा निर्णय लिइनेछ।
बैठकमा समाजको सम्पूर्ण पदाधिकारी, केन्द्रीय कार्य सञ्चालन समिति, प्राधिकृत सदस्यहरू, सल्लाहकार, प्रदेश तथा जिल्ला अध्यक्षहरू, पालिकास्तरीय प्रतिनिधिहरूको उपस्थित रहनेछ।
२०७९ अनुसार संस्था दर्ता गर्ने निर्णयसँग सम्बन्धित कार्य अघि बढाउन र हालै २०८१ चैत २० गते बसेको समितिको बैठकका निर्णयहरूमाथि विस्तृत छलफल गर्न यो बैठक आयोजना गरिएको हो।
समाजका सचिव डा. तेजराज जोशी रेमीले हस्ताक्षर गरेको सूचनामार्फत सम्पूर्ण बन्धुहरूलाई समयमै उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।