काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत
गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
केही दिन अघि उपकुलपति प्रा डा बरालले प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाएका थिए ।उनी २०८० फागुनमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएका थिए ।