रवि लामिछानेलाई थुनामा पठाउने आदेश, अलमलमा रास्वपा

Spread the love
       
 
 
    

रूपन्देही – उच्च अदालत तुलसीपुरले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी यमप्रसाद बास्कोटाले छविलाल जोशीको हकमा भने जिल्लाको आदेश सदर गरेको बताए ।

छविलाललाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

रवि र पूर्वडीआईजी जोशीको मुद्दाको उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा बहस भएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्धको मुद्दा उच्च अदालतमा छ ।

बिहीबार प्रतिवादीतर्फ रवि लामिछानेका वकिलको बहस नसकिएपछि मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । यसअघि रूपन्देही जिल्ला अदालतले यो मुद्दामा रविलाई १ करोड धरौटीमा छाडेको थियो भने छविलाललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सोही मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्वडीआइजी जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *