कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

Spread the love
       
 
 
    

काठमाडाैं – कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान रिट लिएर सर्वोच्च पुगेका थिए ।यससँगै कुलमान तत्काल विद्युत् प्राधिकरण फर्किने सम्भावना टरेको छ ।

उस्तै, प्रकृतिको मुद्दा भएकाले पहिले आफ्नो मुद्दा पहिले छिनोफानो हुनुपर्ने माग गर्दै प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पनि सर्वोच्चमा निवेदन दिएका छन् ।तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको बर्खास्तीको निर्णय खारेजीको माग गर्दै शाक्य २०७८ भदौमा अदालत गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *