काठमाडौंमा समाजवादी मोर्चाको आन्दोलन, ट्राफिक व्यवस्थामा असर पर्ने

Spread the love
       
 
 
    

काठमाडौं –समाजवादी मोर्चाले आज राजधानीका विभिन्न स्थानमा आन्दोलन गर्ने भएको छ। मोर्चाले माईतीघर मण्डला, कुण्डल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट, सोह्रखुट्टे, शान्तिबाटिका, भोटाहिटी, र पद्मोदय मोडलगायतका स्थानमा विरोध प्रदर्शन गर्ने जनाएको छ।

यस क्रममा विभिन्न रुटहरु प्रभावित हुनेछन्, जसमा मुख्यतः बसन्तपुर, शाहिदगेट, भद्रकाली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, पुरानो बसपार्क, रानी पोखरी, घट्टाघर, तथा पुलचोक क्षेत्र पर्छन्। आन्दोलनका कारण यी स्थानहरूमा यातायात व्यवस्था अस्तव्यस्त हुन सक्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।

प्रदर्शनकारीहरू विभिन्न समूहमा विभाजित भई सम्बन्धित स्थानमा जम्मा हुने र विरोध प्रदर्शन गर्ने बताइएको छ। ट्राफिक व्यवस्थापन सहज बनाउन सुरक्षाकर्मी परिचालन गरिने तथा अत्यावश्यक सवारीसाधनलाई प्राथमिकता दिइने जनाइएको छ। यात्रु तथा सवारी चालकहरूलाई आन्दोलन प्रभावित क्षेत्रमा सचेत रहन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *