काठमाडौं-एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को अवसरमा आफ्नो कर्पोरेट क्यालेन्डर विशेष समारोहका बीच अनावरण गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले परम्परागत खेलकुदलाई मुख्य विषयवस्तु बनाएर तयार गरिएको क्यालेन्डर अनावरण गरिएको हो ।
सो समारोहमा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्व झल्काउने विषयवस्तुहरुलाई समेटेर आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । यस वर्ष बैंकले नेपालमा मनोरञ्जन तथा प्रतिस्पर्धाको रुपमा खेलिने परम्परागत खेलकुदलाई मुख्य विषय बनाएको छ ।
एभरेष्ट बैंकले नेपाली मौलिक संस्कृति तथा परम्परालाई प्रवर्द्धन गर्दै आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न यस्ता गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ ।