नेपालमै पहिलो तेस्रो पक्ष भण्डारण सेवा परियोजनामा सिटिजन्स र माछापुच्छ्रे बैंकको ९५ करोड लगानी

Spread the love
       
 
 
    

काठमाडौं – सिटिजन्स बैंकको अगुवाइमा माछापुच्छ्रे बैंकसहित दुई बैंकले संयुक्त रूपमा ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। नेपालमा पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजनामा लगानी गर्न लागिएको हो।

प्रवद्र्धक कम्पनी उपाय वयरहाउजिङ्ग प्रा.लि. तथा बैंकहरूबीच सहवित्तीयकरण कर्जा सम्झौता भएको छ। परियोजना काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका, सांगामा निर्माण गरिनेछ।

१ अर्ब २० करोड ७ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा बैंकहरूले ८५ करोड रुपैयाँको आवधिक कर्जा (निर्माण अवधिको ब्याजबाहेक) ८०:२० को ऋण–स्वपुँजी अनुपातमा लगानी गर्नेछन्। सिटिजन्स बैंकले ६० करोड (आवधिक कर्जा ५० करोड, बैंक ग्यारेण्टी ५ करोड, क्यास क्रेडिट ५ करोड) तथा माछापुच्छ्रे बैंकले २५ करोड रुपैयाँको आवधिक कर्जा लगानी गर्नेछन्। बाँकी स्वपुँजी प्रवद्र्धकहरूले जुटाउनेछन्।

परियोजना दुई वर्षभित्र सम्पन्न गरी आधुनिक भण्डारण सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। सम्झौता हस्ताक्षर कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकले सहवित्तीयकरण कर्जामार्फत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको बताए।

उपाय वयरहाउजिङ्ग प्रा.लि.का अध्यक्ष सुमन रायमाझीका अनुसार परियोजना सम्पन्न भएपछि भण्डारण सेवा, प्याकेजिङ सेवा, कार्यालय सामग्री आपूर्ति तथा प्रबन्ध सेवा, लेबलिङ सेवा, ढुवानी सेवा लगायतका सेवा उपलब्ध गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *