नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले दिए राजीनामा

Spread the love
       
 
 
    

काठमाडाैं – नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले दिए राजीनामा दिएका छन् । उनले राष्ट्र बैंकका गभर्नर बन्नका लागि राजीनामा दिएका हुन् ।

सरकारले सोमबार बसेको मन्त्री परिषद् बैठकबाट गभर्नर सिफारिस समिति गठन गरेसँगै अबको नयाँ गभर्नरको बहस र चासो बढ्न थालेको छ । दर्जनभन्दा आंकक्षीको बीचमा भारी सम्भावना बोकेका नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाको राजीनामा दिएर गभर्नरको दौडमा सामेल भएका छन् ।

नेपाल राष्ट्र बैंकको आगामी गभर्नर बन्ने चर्चामा रहेका ढुंगानाले राष्ट्र बैंक ऐनअनुसार गभर्नर पदको उम्मेदवार बन्नका लागि राजीनामा दिएका हुन्।

नेपाल बंगलादेश बैंकलाई नबिल बैंकमा गाभेपछि ढुंगाना नबिल बैंकका सीईओका रूपमा कार्यरत थिए। पहिलो कार्यकालमा दुई वर्षका लागि नियुक्त भएका उनी दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए। बैंक मर्जर गराउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई नबिल बैंकको नेतृत्वमा निरन्तरता दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *