कृषि यान्त्रिकीकरण र व्यवसायीकरण अपरिहार्य : अध्यक्ष ढकाल

Spread the love
       
 
 
    

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। नेपाल कृषि तथा मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारणसभामा बोल्दै उनले नेपालमा कृषि क्षेत्रको विशाल सम्भावना रहे पनि त्यसको भरपूर उपयोग हुन नसकेको बताए।

उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनका लागि आधुनिक प्रविधि, उपकरण र व्यवसायिक सोच अनिवार्य रहेको उल्लेख गरे। साथै, उत्पादन वृद्धि, रोजगारी सिर्जना, र बजारीकरणको सशक्त प्रणालीमार्फत कृषिलाई दीगो बनाउनुपर्ने उनले बताए।

अनुदानको दुरुपयोग रोक्न व्यवस्थापन आवश्यक

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कृषि अनुदान प्रभावकारी बनाउन उचित व्यवस्थापन गर्नुपर्ने बताए। उनले प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि र बजार विस्तारमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिए।

सरकारको प्राथमिकता कृषि यान्त्रिकीकरण

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै स्वदेशमै उपकरण निर्माणका लागि व्यवसायीहरूलाई प्रेरित गर्ने बताए। सरकारले उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन, र दीगो कृषि प्रणालीलाई प्रवर्द्धन गर्न ठोस नीति लिएको उनको भनाइ छ।

महासंघका अध्यक्ष ढकालले आगामी बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ७७ जिल्लाका उद्योग वाणिज्य संघहरूसँग समन्वय गर्दै काम गर्न महासंघ तयार रहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *