रमेश देवकोटाको अध्यक्षतामा जाल्सानको नयाँ कार्यसमिति चयन

Spread the love
       
 
 
    

काठमाडाैं _ जापानिज भाषा स्कुल संघ नेपाल (जाल्सान) को १२औं वार्षिक साधारण सभाले पुनः रमेश देवकोटाको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ। सभामा सर्वसम्मतिबाट रमेश देवकोटालाई आगामी दुई वर्षका लागि नयाँ अध्यक्ष चयन गरिएको ‌हो।

नयाँ कार्यसमितिमा अध्यक्षको रूपमा रमेश देवकोटा, निवर्तमान अध्यक्ष झम्कलाल श्रेष्ठ (विशा), प्रथम उपाध्यक्ष महेश कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष सुरेन्द्र शाही, महासचिव अरुण पाण्डे, सचिव कोषराज गिरी, कोषाध्यक्ष ध्यान बहादुर सुब्बा (ललित) चयन भएका छन्।

कार्यक्रमको उद्घाटन जाल्सानका महासचिव अरुण पाण्डेले गरेका थिए। प्रमुख अतिथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले जापानिज भाषा शिक्षा र शैक्षिक परामर्श व्यवसायको महत्वको बारेमा प्रकाश पारे।

कार्यक्रममा शैक्षिक परामर्श महासंघका अध्यक्ष राजेन्द्र बराल र इक्यानका अध्यक्ष शेषराज भट्टराई लगायतका अन्य अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए। जाल्सानका संस्थापक अध्यक्ष सुनिल बज्राचार्यले संस्थाका स्थापनाकालदेखि हालसम्मको यात्रा र भविष्यका योजनाबारे जानकारी जानकारी गराएका थिए।।

साधारण सभामा महासचिव पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष सुब्बाले आर्थिक प्रतिवेदन पेश गरेका थिए, जसलाई उपस्थित सदस्यहरूले सर्वसम्मतिले पारित गरे। कार्यक्रममा नयां कार्यसमिति चयन र आगामी कार्य योजनाबारे पनि छलफल भएको थियो।

कार्यक्रमको समापन जाल्सानका अध्यक्ष रमेश देवकोटाले सबैलाई धन्यवाद दिएर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *