दोहोरो अंकले घट्यो नेप्से,साताभरी किन आयो गिरावट

Spread the love
       
 
 
    

काठमाडाैं- यो साताभरी नेप्से सूचक घटेको छ। राष्ट्र बैंकको नयाँ गभर्नरको खोजिमा लगानीकर्ताहरु लाग्दा यतिबेला शेयर बजारमा भने लगानीकर्ता डुबिरहेका छन् । अब आउने गभर्नरले ल्याउने नीतिले बजारलाई नयाँ उचाइमा पुर्‍याउने जनाइएको छ। त्यसले पनि लगानीकर्ता पर्ख र हेरकाे अबस्थामा छन् । लगारतार नेप्से घट्दा लगानीकर्ता निराश र प्यानिक बनेका छन् । यो दिन सुरुवातदेखि नै बजारमा उतारचढाब आइरहेको थियो । यद्यपी यो साताभरी बजार घटेर बन्द हुँदा लगानी कर्ता भने बजारप्रति आकर्षण पनि घटेको छ । कारोबारको अन्तिम दिन बिहिबार नेप्से सूचक १२.३८ अंकले घटेर २ हजार ६६९.७९ विन्दुमा आइपुगेको छ ।


बिहिबार घटेको बजारमा ६२ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १७५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३१२ कम्पनीको ९६ लाख कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ५६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । यो दिन डोल्टी पावर कम्पनी र एशियन हाइड्रो पावर कम्पनीको शेयर मूल्य बढेको छ ।
कारोबारमा आएका १३ समूह सूचकमध्ये लाइफ इन्स्योरेन्स बाहेक सबै उपसमूहरु घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *