काठमाडाैं । इक्यानलाई ‘नेपालको उत्कृष्ट शैक्षिक संघ’को सम्मान, अध्यक्ष शेषराज भट्टराई सम्मानित नेपाल शैक्षिक परामर्श संघ (ECAN ) Fair Express International Awards द्वारा ‘नेपालको उत्कृष्ट शैक्षिक संघ’ (Vibrant Educational Association in Nepal) को रूपमा सम्मानित भएको छ।
इक्यानका अध्यक्ष शेषराज भट्टराईले पूर्व राष्ट्रपति डा. रामवरण यादवको हातबाट उक्त सम्मान ग्रहण गरे। यस सम्मानले इक्यानको नेपालका शैक्षिक परामर्श सेवा क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानलाई औपचारिक रूपमा कदर गरेको छ। विगत दुई दशकभन्दा लामो समयदेखि इक्यानले नेपाली विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने काम गर्दै आएको छ।यस प्रतिष्ठित अवार्डको लागि PABSON (Private and Boarding Schools’ Organization Nepal) र HISSAN (Higher Institutions and Secondary Schools’ Association Nepal) जस्ता प्रतिष्ठित शैक्षिक संघहरू पनि मनोनीत भएका थिए, जसले यस पुरस्कारको प्रतिस्पर्धात्मक प्रकृति झल्काउँछ।
कार्यक्रममा विभिन्न शैक्षिक संघसंस्थाका प्रतिनिधि, परामर्शदाता, शिक्षाविद्, तथा विद्यार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो। इक्यानले नेपाली विद्यार्थीका लागि विभिन्न मुलुकका विश्वविद्यालयहरूसँग साझेदारी गर्दै छात्रवृत्ति, भर्ना प्रक्रिया, तथा भिसा सम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ। इक्यानको पहलले गर्दा हजारौं नेपाली विद्यार्थीले विदेशमा आफ्नो उच्च शिक्षा सहज रूपमा अगाडि बढाउन सफल भएका छन्। र्याडिसन होटल लाजिम्पाटमा आयोजित यस पुरस्कार समारोहमा शैक्षिक परामर्श सेवामा उत्कृष्ट योगदान पुर्याएका संस्थाहरू र व्यक्तिहरूलाई सम्मान गरिएको थियो। इक्यानलाई प्रदान गरिएको ‘नेपालको उत्कृष्ट शैक्षिक संघ’ उपाधिले नेपालको शैक्षिक परामर्श सेवाको गुणस्तर अभिवृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।