काठमाडाैं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भोलिदेखि चैत ७, बिहिबार बाट लागुहुनेगरी शेयर बजारमा नयाँ नियम ल्याएको छ । नेप्सेलेिबिहिबारको कारोबारदेखि (भोलिदेखि) नियमित कारोबार सत्र सकिएपछि अपराह्न २:४५ बजेबाट ३: ०० बजेसम्म कायम भएको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य का रूपमा कायम गर्ने भएको हो ।
नेप्सेको संञ्चालक समितिको बैठकमार्फत नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन)लाई कार्यान्वयनमा ल्याएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सो अवधिमा कुनै कारोबार नभएमा, अघिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा कायम गरिने व्यवस्था लागू हुनेछ।