बिहे गर्ने तयारीमा रहेका युवतीले कहिलेदेखि शुरू गर्ने फेसको ट्रिटमेन्ट

Image

काठमाडौं – विवाहको सिजन चलिरहेको छ, विवाह गर्ने तयारी गरेका जो कोही युवतीलाई चाहना हुन्छ कि दुलही बन्ने समयमा आफ्नो मुहार एकदमै सुन्दर देखियोस्। तर केही सामान्य कुरामा ध्यान नदिने हो भने अनुहारको सुन्दरता सोचे जस्तो नहुन सक्छ । विशेष गरी विवाहको आसपासमा आफ्नो सुन्दरताको लागि मेकअप अथवा फेसको ट्रिटमेन्ट गर्ने चलन छ, एक्सर्टहरुले यसका सन्दर्भमा केही सुझाव दिएका छन्।

स्किन एक्सपर्ट डाक्टर किरण लोहियाले कुनै युवतीले आफ्नो अनुहारका केही दागहरू भए ६ महिना अगाडिबाटै स्किनको ट्रिटमेन्ट गर्न जरुरी रहेको बताउँछिन्। उनका अनुसार हरेक २ देखि ४ हप्तामा फेसियल गर्न आवश्यक हुन्छ ताकि त्यो लगभग १२ पटक हुनुपर्छ। तर फेसमा त्यति धेरै समस्या नभएको अवस्थामा तीन महिना पहिलेदेखि अथवा दुई देखि चार हप्तामा फेसियल गर्दा पनि हुने उनको भनाइ छ।

मुम्बईमा रहेकी सेलिब्रेटी स्किन एक्सपर्ट डाक्टर जयश्रीका अनुसार कुनै बेहुलीले आफ्नो अनुहारमा गम्भीर समस्या नभएको अवस्थामा तीन महिना पहिलेदेखि स्किन केयर सुरु गर्न सुझाव दिन्छिन् । ताकी अनुहारमा ग्लो आओस् ।

सेलिब्रटी स्किन एक्सर्ट हर्षनाका अनुसार बेहुली बन्नुभन्दा ठिक पहिले फेसियल मात्रै होइन अन्य ट्रिटमेन्ट गर्न पनि जरुरी रहेको बताउँछिन्।

 

Tags: