ब्रिलियन्टको नयाँ शाखा रुपन्देहीको सैनामैनामा...

Image

काठमाडौं – ब्रिलियन्ट एजुकेशन एण्ड क्यारियर सर्भिसेसले रुपन्देहीको सैनामैनामा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको सोमवार सैनामैना नगरपालिका का प्रमुख फडेन्द्र प्रसाद शर्मा, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल तथा विभिन्न शैक्षिक संस्थाका प्राचार्यहरुको उपस्थितिमा शुभारम्भ गरिएको संस्थाकी निर्देशक कल्पना बस्नेतले जानकारी दिइन् ।

काठमाडौंको पुतलीसडक स्थित एभीन्यू विल्डिङमा मुख्य कार्यालय रहेको ब्रिलियन्टले यसअघि पाेखरा, बुटवल, इटहरी, धरान, झापा, हेटौडा, चितवन र सुर्खेतमा शाखा सञ्चालन गरी परामर्श सेवा उपलब्ध गराउँदै आएको निर्देशक बस्नेतले जानकारी दिइन् ।

२० वर्षदेखि परामर्श सेवा दिँदै आएको ब्रिलियन्टले अमेरिका, अष्ट्रेलिया, क्यानडा, जर्मन, यूके, दक्षिण कोरियासहित लगायतका लागि परामर्श सेवा दिँदै आएको छ ।

Tags: