बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको औपचारिक रुपमा उद्घाटन गर्ने

Image

 

 

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटनका लागि सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।

भोलि बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रेहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीलेउक्त कुराको  जानकारी दिए ।

त्यस्तै हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण बैशाख १२ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको छ ।
एक्स्पोमा एक दर्जन देशका ऊर्जा सम्बन्धी १०० भन्दा बढी स्टलहरु रहेका छन् । त्यस्तै विभिन्न ७ वटा प्राविधिक सत्रहरुमा पनि छलफल हुँदैछन् ।
काठमाडौं । विद्युतीय सवारी इभी र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानको आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो विद्युत खपत बढाउने सन्देशसहित सुरुवात गरिएको हो ।

र्यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । उद्घाटनका अवसरमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई अझै सार्थक बनाउने विश्वास व्यक्त गरे ।

‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो ¥यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रर्वद्धनमा समेत सहयोगी सावित हुनेछ’ उनले भने । हाइड्रो एक्स्पो नेपालको विद्यत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने बस्नेतले विश्वास व्यक्त गरे ।


 

 

 

Tags: