पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाही स्नान

Image

सुनसरी(बराहक्षेत्र ) – सुनसरीको वराहक्षेत्र नगरपालिका–१ प्राचीन हरिद्वार चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाही स्नान गरिएको छ । शनिवार नयाँ वर्षको अवसरमा यस वर्षको कुम्भ मेलाको पहिलो शाही स्नान गरिएको हो।

स्थानीय र देशको विभिन्न स्थानबाट आएका भक्तालुसँग बराहक्षेत्र मन्दिर स्थित सप्तकोशी नदीमा शाहीस्नान गरेका हुन् । चैत महिनाको २७ गतेदेखि शुरु भएको कुम्भ मेलामा ४ वटा शाही स्नान गरिने बताइएको छ । वैशाख १, ११, २६ र २८ गते शाही स्नानको कार्यक्रम राखिएको कुम्भ मेला मूल आयोजक समितिका सहअध्यक्ष बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले बताए ।

सनातनी हिन्दुहरु चार पवित्र क्षेत्र मा एक तिर्थस्थलको शिर बराहक्षेत्रमा रहेको पवित्र सप्तकौसिकी (सप्तकोसी ) नदीमा स्नान गर्नाले मोक्ष प्राप्त गर्ने र अमरत्वको वरदान प्राप्त हुने जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले बताए ।

नयाँ वर्षकोअवसर वैशाख १ गतेदेखि चतरास्थित रामानन्दाचार्य सेवा पीठले पनि सङ्कटमोचन श्रीहनुमद महायज्ञ शुरु गरेको छ । ९ दिन सम्म चल्ने महायज्ञमा प्रमुख अतिथी भारतको वागेश्वरधामका पिठाधिश धिरेन्द्र शास्त्रीले हनुमान कथावाचन गर्ने आयोजक रामानन्दाचार्य सेवापिठका अध्यक्ष श्याम कुमार लावतीले बताए ।

 

Tags: