गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सम्झौता

Image

काठमाडौं– गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थालाई बैंकको विभिन्न प्रकारका कर्जामा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ  । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता अनुसार टानका सदस्यलाई गरिमा विकास बैंकले अधिकतम रू. ५० लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै रू. ५ लाख सम्म को बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउनेछ ।

यि सेवाले गर्दा टान सदस्यलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ ,इच्छुक सदस्यले आफूलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिनसक्ने छन् । साथै, यस सम्झौतापश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रिय संगठनसँग काठमाडौंमा यसै किसिमको सम्झौता गरिसकेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

 

 

Tags: