सबैमा आखाँको समस्या, समस्या भएको कसरी थाहा पाउने ? जान्नुस् तरिका

Image

काठमाडौं – पछिल्लो समय आँखाको समस्या बढ्दै गएको छ। अध्ययनका अनुसार प्रति १० जनामा ६ जना वयस्कले आँखाको रोशनी कम हुँदै गएको अनुभव गरेका छन्। त्यस्तै ४० प्रतिशतले कहिलेकाहीँ देख्नमा समस्या भोग्दै आएको बताएका छन्। त्यस्तै ३१ प्रतिशतले उनीहरूको आँखाको नजर ठिक नभएको बताएका छन्। ७४ प्रतिशतले उनीहरूको नजर कम हुँदै गएको र विभिन्न लक्षणहरू देखिएको समेत बताएका छन्।
 
नेत्ररोग विशेषज्ञ जोसी फोर्टले आँखामा समस्या भएको पत्ता लागेको अवस्थामा त्यसलाई तत्काल उपचार नगर्ने हो भने आँखाको ज्योति झनै खराब हुँदै जाने बताउँछन्। आँखामा समस्या भएको कसरी पत्ता लगाउने यस्तो छ उनको सुझाव :
 

  •  यदि तपाईंले होटलमा खाना खान जाँदा फुड मेनु हेर्दा अथवा त्यस्तै छोटा शब्दहरू क्लियरली पढ्न सक्नुभएन अथवा त्यसलाई टाढाबाट हेरेर पढ्नुभयो भने तपाईंको आँखामा समस्या छ।
  •  
  • राम्रोसँग पढ्नको लागि आफ्नो मोबाइलमा भएका अक्षरलाई जुम गरेर हेर्नुपर्ने भयो भने तपाईंको आँखामा समस्या छ।
  •  
  • यदि तपाईले कुनै कुरा पढ्न कोसिस गर्नुभयो त्यो बेला तपाईंको अनुहारको हाउभाउ बदलियो भने अथवा आँखालाई जोड दिनुपर्यो भने तपाईंको आँखा खराब छ।
  •  
  • कुनै कुरा पढ्न थाल्दा चाहिनेभन्दा बढी प्रकाश आवश्यक भयो भने तपाईंको आँखामा समस्या भएको हुन सक्छ।
  •  
  • सामान्य मान्छेले पढ्ने दूरीमा तपाईंले पढ्न सक्नुभएन भने त्यो समस्या तपाईंको आँखामा कमजोरी भएको कारण हुन सक्छ।
  •  
  • कुनै कुरामा तपाईले ध्यान दिएर हेर्न सक्नुभएन भने तपाईको आँखामा समस्या हुनसक्छ।
  •  
  • पढ्दा अथवा कुनै काम गर्दा तपाईको आँखाको कारणले तनाव अथवा टाउको दुख्छ भने त्यो समस्या आँखाको समस्या हुन सक्छ।

 
 आखाँलाई कसरी सन्तुलनमा राख्ने ?

  •  आँखा सही राख्न भरपुर पोषक तत्वको आवश्यक पर्छ। डाइटमा एन्टीअक्सिडेन्ट भिटामिन र मिनरल आवश्यक पर्छ। त्यसको साथै सुन्तला जस्ता चिजहरु धेरै खाँदा राम्रो हुन्छ।
  •  
  • यदि तपाईले धेरै पानी पिउनुभयो भने पनि तपाईको आँखामा ड्राइनेसको समस्या बिस्तारै कम हुन्छ। जसले गर्दा तपाईंको आँखामा समस्या आउँदैन।
  •  
  •  यदि तपाईले धुम्रपान गर्नुहुन्छ भने जसको कारणले मोतियाबिन्दु अप्टिक नर्थ ड्यामेज, भिजनलेस र अन्धोपनाको समस्या समेत हुन सक्छ।
  •  
  • तपाई धेरै स्क्रीनमा हेर्नुहुन्छ भने पनि आँखामा समस्या आउन सक्छ। लगातार एक घण्टासम्म स्क्रिन हेर्नुभयो भने २० मिनेट ब्रेकको आवश्यकता पर्छ।

 

Tags: