गरिमामा सीईओ ढकालको बिदाई र उपाध्यायको सपथ ग्रहण

Image

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले शनिवार बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको बिदाई तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम गरेको छ ।

उक्त समारोहमा बैंक सञ्चालक समितिका पदाधिकारी, पूर्व अध्यक्ष, गरिमा म्युचुअल फण्डका कोष सुपरिवेक्षक, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारी तथा अन्य कर्मचारीको उपस्थिति थियो ।

बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त भएको थियो । गत चैत १४ मा सम्पन्न सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायज्यूलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
पद तथा गोपनियताको समथ ग्रहण पश्चात बोल्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैकलाई थप उचाईमा पु¥याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गरे ।
 
त्यसैगरी निवर्तमान प्रमुख कार्यकारी अधिकृत ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समतिप्रति कृतज्ञता व्यक्त गरे । कार्यक्रममा बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले विकास बैंकलाई यो उचाईसम्म पु¥याउनका लागि निवर्तमान प्रमुख कार्यकारी अधिकृतले खेलेको महत्वपूर्ण भुमिकाको प्रशंसा गर्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा विकास बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आएको छ ।

 

Tags: