तुलसादेवी फाउण्डेसनलाई लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिनको सहयोग 

Image

काठमाडौं – लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिनले तुलसादेवी फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ । क्लबले फाउण्डेसनलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

बुधवार फाउण्डेसनकी संस्थापक सरु सुवेदीलाई ५० हजार रुपैयाँको चेक क्लबकी प्रेसिडेन्ट कल्पना बस्नेतले हस्तान्तरण गरेकी थिइन्। सो अवसरमा प्रेसिडेन्ट बस्नेतले लायन्स सामाजिक र मानवीय क्षेत्रमा काम गर्ने अभियान भएको र लायन्सको सोही अभियानको सहयात्री बन्न क्लबले फाउण्डेसनलाई सहयोग गरेको बताइन्।

उनले क्लबको स्थापना भएको छोटो समय भएपनि सामाजिक क्षेत्रमा क्रियाशिलताका लागि विभिन्न क्रियाकलाप गर्दै आएको बताइन् । विभिन्न सामाजिक संस्थालाई सहयोग गर्ने उद्देश्यका साथ क्लब ले गत कात्तिकमा  ‘यम बराल स् हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ को आयोजना गरेको उल्लेख गर्दै उनको कार्यक्रमबाट उठेको केही रकम फाउण्डेसनलाई सहयोग गरेको बताइन्। 

बस्नेतले कार्यक्रमको योजना अनुसार निकट भविश्यमै अन्य व्यक्ति तथा संस्थालाई सहयोग गरिने उनले बताइन्। फाउण्डेसनकी संस्थापक सुवेदीले क्लबबाट भएको सहयोगले संस्थाका गतिविधिमा सहयोग पुगेको उल्लेख गर्दै धन्यावाद दिएकी थिइन्।

कार्यक्रममा  क्लबकी प्रेसिडेन्ट बस्नेत, भाइसप्रेसिडेन्ट सविता ढकाल, सेक्रेटरी शुष्मा आचार्य, डिरेक्टर दीपा लामिछाने, सदस्य सुनिता पाण्डेय लगायत उपस्थित थिए ।

 

Tags: