ब्यागमाण्डूकी प्रियाले ल्याइन् ‘कटन विङ्स’

Image

काठमाडौं– ‘ब्यागमाण्डू बाई प्रिया’मार्फत स्थापित प्रिया मानान्धरले ‘कटन विङ्स बाई प्रिया’मार्फत जयपुरी कटनका कपडाको व्यवसाय सञ्चालनमा ल्याएकी छिन् । स्टोरको गायक दिपक ब्रजाचार्यले उद्घाटन गरेका हुन् । बुढानिलकण्ठमा पार्क भिलेज नजिकै ब्यागमाण्डुसँगै सञ्चालनमा ल्याएको कटन विङ्स स्टोरमा विशुद्ध जयपुरी प्योर फ्याब्रिकको कटनबाट बनेका कपडा पाइने मानान्धरले जानकारी दिइन् ।

‘कटन त जहाँ पनि पाइन्छ तर हामी कहाँ ह्याण्ड ब्लक प्रिण्टबाट बनेको कपडा हुन्छ,’ उनले भनिन्, ‘यसमा पहिला काठको ब्लक बनाइन्छ अनि त्यसमा विभिन्न डिजाइन कुदिन्छ । त्यसको छाप कपडामा लगाइन्छ । डिजाइन आवश्यकता अनुसारका कपडामा प्रिण्ट गरिन्छ । यो सेतो कपडामा नेचुरल कलर दिइने र ह्याण्ड ब्लकबाट प्रिण्ट गरिने हुनाले एलर्जी हुने सम्भावना पनि हुँदैन ।’

गर्मीको लागि कटन जस्तो बेस्ट कपडा अरू नहुने त्यसमाथि जयपुरी कटन झनै विशेष रहने उनको भनाइ छ । ‘बाहिर हामीले कटन किन्दा एक पटक लगाउँदा र त्यसलाई धुँदा सुक्ने, घट्ने हुन्छ तर जयपुरी कटनमा त्यस्तो हुँदैन,’ उनले भनिन्, ‘पहिले नै वास हुने र सुकेको हुनाले त्यस्तो समस्या आउँदैन । धुने, सुकाउने कुरामा ध्यान दिने हो भने यसको कलर सजिलै जाँदैन । वर्षौंसम्म टिक्छ ।’ बुढानिलकण्ठमा पार्क भिलेज नजिकै ब्यागमाण्डूसँगैको कटन विङ्समा र अनलाइन डेलिभरी तह हामीले पुर्याउन सम्भव भएको सबै ठाउँमा पुर्याइने उनको भनाइ छ । नाइट वेयरदेखि रेगुलर वेयरका सबै उमेर समूहका लाई कपडा उपलब्ध हुने प्रियाले बताइन्।

‘देख्दा सामान्य लाग्ने तर गुणस्तरीय र विशेष खालका कपडा पाइन्छ, सेमी पार्टी वेयर, जेन्स, लेडिज, किड्स वेयर सबै कपडा उपलब्ध छ,’ उनले भनिन्।

ब्यागमाण्डूबाटै सफलता प्राप्त गरेकी प्रिया कसरी कटन विङ्समा आकर्षित भइन् त ? प्रियाले आफू जयपुर भिजिट गरिसके पछि कटनका कपडामा आकर्षित भएको बताइन्। ‘कटनका कपडा हामीले प्रयोग नगरेको त होइन, तर त्यहाँ पुग्दा जयपुरी कटन हरेक दृष्टिले मलाई उत्तम लाग्यो र यसलाई व्यवसायिक रुपमा अगाडि किन नबढाउने भन्ने लाग्यो,’ उनले भनिन्, ‘यसका कस्टुमर कम होलान तर सन्तुष्ट ग्राहक हुनुहुन्छ, जस्तो मलाई लागेर कटन विङ्स शुरु गरेको हुँ ।’ यसको गुणस्तरको तुलनामा मूल्य पनि सुपथ रहेको उनको भनाइ छ ।

 

 

 

Tags: