जिहोको नयाँ स्कुटर र बाइक सार्वजनिक, कति छ बजार मूल्य ?

Image

काठमाडौं । रिलायन्स ग्रुप नेपालले जिहोको नयाँ स्कुटर र बाइक लन्च गरेको छ। नेपालका लागि सीएफ मोटो तथा जिहो स्कुटरकोको आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले जिहोको दुई स्कुटर र सीटी स्पोटर्स इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो । कम्पनीले जिहोको ‘जिहो एई–६ प्लस, जिहो एई–६ प्लस लङ रेन्ज’ र सीटी स्पोटर्स नेपालमा सार्वजनिक गरेको हो।

कम्पनीले नेपाली बजारमा जिहोको एई८ मोडलमार्फत आफ्नो बजार विस्तार गरेको थियो । नयाँ सीएफ मोटो बाइकमा २५० एनके फनको मूल्य रू. ५ लाख ९९ हजार ९०० कायम गरिएको छ । त्यस्तै २५० एसआर फनको मूल्य रू. ६ लाख ७४ हजार ९००, ४५० एनके को रू. ११ लाख १९ हजार ९०० रहेको बताइएको छ । जिहो तर्फ एईसिक्स प्लसको ३ लाख ४४ हजार ९००, एईसिक्स लङ रेन्जको ३ लाख ९४ हजार ९००, सिटी स्पोर्टस इलेक्ट्रिक बाइकको रू. ३ लाख ४९ हजार ९०० रहेको कम्पनीका जनरल म्यानेजर उज्जवल जोशीले जानकारी दिए ।

 कम्पनीले यी सबै सवारीसाधनको प्रि बुकिङ खुला भएको जानकारी दिएको छ । यसका साथै कम्पनीले नयाँ आउटलेट सोरुमको ललितपुरको झम्सिखेलमा उद्घाटन गरेको छ।

 

Tags: